विश्व

फिलिपिन्समा ५.८ म्याग्‍नीच्यूडको भूकम्प

इकागज |
बैशाख ३०, २०७८ बिहीबार ६:१९ बजे

मनिला : भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्‍नीच्यूडको भूकम्प गएको छ । फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९:९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो ।

केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो । (सिन्ह्वा)



Author

थप समाचार
x