विश्व

मस्को आक्रमणबारे अमेरिकालाई पहिला नै थाहा थियो ? युक्रेन भन्छ- संलग्नता छैन

इकागज |
चैत १०, २०८० शनिबार १३:८ बजे

मस्को- मस्कोको उपनगरमा रहेको क्रोकस सिटी हलमा शुक्रबार राति रक कन्सर्टमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

सो हमलापछि उक्त कन्सर्ट भवनमा ठूलो आगो लागेको थियो, जसको कारण थिएटर नजिकैको छतको केही भाग ध्वस्त भएको थियो तर अहिले प्राय जसो निभिएको बताइएको छ ।


इस्लामिक स्टेट समूहले आक्रमण गरेको दाबी गरेको छ र उक्त घटनामा जिम्मेवार व्यक्ति भने भागेको बताएको छ ।

अमेरिकाले रूसमा यस्तो खाले हमला हुन्छ भन्ने दाबी पहिले नै गरेको खुलेको छ । ह्वाइट हाउसले रुसलाई यस महिनाको सुरुमा नै मस्कोमा ‘ठूलो जमघटमा सम्भावित आक्रमणको चेतावनी दिएको बताएको छ । तर, अमेरिकाले यसअघि जारी गरेको चेतावनीलाई लिएर अहिलेसम्म रुसले भने अझै पनि कुनै टिप्पणी गरेको छैन ।

युक्रेनले भने रुसमा भएको सो हमलामा आफ्नो कुनै कुनै पनि संलग्नता नरहेको जनाएको छ ।

बीबीसीले सार्वजनिक गरेको भिडियो फुटेजहरूमा आक्रमणकारीहरूले भाग्न खोजिरहेका नागरिकहरूलाई अन्धाधुन्ध गोली चलाएको देखाइएको छ भने धेरै विस्फोटका आवाजहरू पनि सुन्न सकिन्छ।

काउन्टीको नेशनल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेकाले रूसभरि कार्यक्रमहरू रद्द भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

राष्ट्रपति भ्लादिमर पुटिनले राष्ट्रलाई प्रत्यक्ष सम्बोधन गरेका छैनन् तर एक उपप्रमुखले भने सो घटनामा परेका मृतकको आत्माको शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

र, यो पनि


Author

थप समाचार
x