विश्व

बंगलादेशमा किन चल्दैछ ‘इन्डिया आउट’ अभियान ?

इकागज |
चैत १४, २०८० बुधबार १०:५१ बजे

काठमाडौँ- माल्दिभ्सपछि भारतको अर्को छिमेकी बंगलादेश पनि ‘इन्डिया आउट’को आन्दोलनमा सामेल भएको छ । बंगलादेशमा भारतीय उत्पादन बहिष्कारको आह्वानले गति लिइरहेको छ । 

हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले अनुचित रूपमा बंगलादेशका जनतालाई निर्वाचन अधिकारबाट वञ्चित गरेको र वर्तमान सरकारलाई अनुचित रूपमा समर्थन गरिरहेको आरोप लगाउँदै 'इन्डिया आउट' को अभियान शुरु गरिएको छ । 


यस अघि माल्दिभ्समा पनि यसैगरी 'इन्डिया आउट'को नारा दिएर माल्दिभ्सका राजनीतिज्ञ डाक्टर मोहम्मद मुइज्जु सत्तामा आएका थिए ।

बंगलादेशमा भारतको समर्थनमा वर्तमान सरकारले सत्ता कब्जा गरेको छ र निर्दलीय तटस्थ निगरानीमा कुनै पनि निर्वाचन गराएको छैन । गत निर्वाचनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेपनि प्रधानमन्त्री शेख हसिनाको पार्टीले चुनाव जितेर सरकार बनाएको थियो । 

यसमा भारतको सहयोग र समर्थन रहेको आम बुझाइ रहेको छ । तसर्थ बंगलादेशबाट भारतलाई पूर्ण रूपमा हटाउन नसकेसम्म बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकार फिर्ता नहुने उनीहरूको दाबी छ ।

लामो समयदेखि व्यक्तिगत स्तर र सामाजिक सञ्जालमा यो अभियान चलिरहेको भएपनि आज बंगलादेशको प्रमुख प्रतिपक्षी दल बिएनपीले औपचारिक रुपमा यो आन्दोलनमा सहभागी हुन भनेको छ ।

बिएनपीका वरिष्ठ सहमहासचिव अधिवक्ता रुहुल कबीर रिजवीले भारतीय उत्पादन बहिष्कारको औपचारिक शुभारम्भ आफ्नो भारतीय पाना जनतासामु फालेर औपचारिक रुपमा सुरु गरेका छन् ।

आज हालै नयाँपल्टनस्थित केन्द्रीय कार्यालय अगाडि आफूसँग रहेको भारतीय उत्पादनको पाना फालेर यो अभियानमा सहभागी भएका थिए ।

रिजवीले भने, ‘इन्डिया आउट अभियान सामाजिक सञ्जालसहित जताततै चर्चामा छ । भारतीय उत्पादन बहिष्कार गरेर जनताले विरोध गरिरहेका छन् । सामाजिक सञ्जालमा देखिने भारतीय उत्पादन बहिष्कारको लहरले देशको ठूलो जनसङ्ख्या भारतीय उत्पादन बहिष्कारको पक्षमा दृढ अडान लिएको देखिन्छ ।'

बंगलादेश नेसनलिस्ट पार्टी-बीएनपीलगायत ६३ प्रजातन्त्र पक्षधर दलहरू जनताको पार्टीका रूपमा र कैयौं सामाजिक सञ्‍जालका सेलिब्रेटीले यस अभियानलाई साथ दिइरहेका छन् ।


Author

थप समाचार
x