विश्व

चर्चित अमेरिकन युट्युबरको अपहरण, ६ लाख डलर फिरौंती माग

इकागज |
चैत १८, २०८० आइतबार ८:२२ बजे

न्युयोर्क - एक प्रसिद्ध अमेरिकी युट्युबर हाइटीमा अपहरण परेका छन् ।​

हैटीका एक गिरोह नेता अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन् ।


अमेरिकी युटयुबर एडिसन पियरे मालौफ अपहरणमा परेपछि उनलाई छुटाउने प्रयास भइरहेको छ । हाइटीको शासक भएको दाबी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाई अरबी भनेर पनि सम्बोधन पनि गरिने गरिएको छ ।

न्युयोर्क पोस्टका अनुसार, जर्जियामा आधारित युट्युबर हैटीको सबैभन्दा कुख्यात गिरोह नेता जिमी बार्बेक चारिजियरको अन्तर्वार्ता लिन हिंसाग्रस्त देशको यात्रा गरेका थिए । गत मार्च १४ मा अमेरिकी युट्युबर हाइटीमा आइपुगेको मात्र २४ घण्टा पछि उनी र उनका एक सहयोगीलाई माभोजो गिरोह सदस्यहरूले कब्जा गरेको जनाइएको छ ।

समाचार अनुसार ती अमेरिकी युट्युबरलाई ६ लाख डलर फिरौतीका लागि अपहरण गरिएको छ । उनको रिहाइको लागि ४० हजार अमेरिकन डलर पहिले नै भुक्तान गरिएको छ । तर, अपहरणकर्ताहरूले मालोफको सुरक्षित रिहाइको लागि ठूलो रकमको माग गरिरहेका छन्। अपहरण गरिएका युट्युबर मालोफका युट्युबमा १४ लाखभन्दा बढी फलोअर्स छन् । उनी ती खतरनाक ठाउँहरू अन्वेषण गर्नका लागि प्रसिद्ध छन्, जहाँ कोही पनि जाँदैनन्।

अमेरिकी युट्युबर बेपत्ता भएको खबर अनलाइन समाचार च्यानलमा फैलिएपछि उनका साथी स्ट्रिमर लेलेमले आफ्नो साथी अपहरणमा परेको पुष्टि गरेका छन् । ‘दुई हप्तासम्म यो आफैंमा राख्ने प्रयास गरियो तर अहिले यो समाचार जताततै फैलिरहेको छ,’ लाललेमले ट्विटर पोस्टमार्फत भने ।


Author

थप समाचार
x