विश्व

राष्ट्रपतिका रुपमा सी चिनफिङ पहिलो पटक तिब्बतमा

इकागज |
साउन ८, २०७८ शुक्रबार १२:४६ बजे

उप-राष्ट्रपति हुँदा चिनफिङले तिब्बत भ्रमण गर्दाको तस्बिर

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले गत बुधबार र बिहिबार स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । राष्ट्रपतिको हैसियतमा चिनफिङको यो पहिलो तिब्बत भ्रमण हो । चिनफिङले पछिल्लो पटक सन् २०११ मा तिब्बत भ्रमण गरेका थिए । त्यसबखत उनी उप-राष्ट्रपति थिए । 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति चिनफिङ बुधबार हवाइजहाज मार्फत न्यान्ची सहर पुगेका थिए । त्यहाँबाट रेलमा चिनफिङ तिब्बती राजधानी ल्हासा पुगे । सिचुवानबाट तिब्बतसम्म सञ्चालन सो रेल अत्यन्तै ठूलो उचाई हुँदै गुड्छ । 


ल्हासामा चिनफिङले पोताला दरबार सहित विभिन्न गुम्बाको भ्रमण गरेको बताइएको छ । पोताला दरबारलाई दलाई लामाको निवास मानिन्छ । जो हाल भारतमा निर्वासित जीवन बताइरहेका छन् । उनलाई बेइजिङ पृथकतावादी मान्छ । 

भारतसँग सीमा जोडिएको तिब्बतको भ्रमण गर्दा चिनफिङसँग जेनरल झाङ युसिया पनि थिए । झाङ चीनको केन्द्रिय सैन्य परिषदका उपाध्यक्ष हुन् । चीनको समग्र सैन्य फौजको नेतृत्व गर्ने सो परिषदको अक्ष्यक्ष चिनफिङ आफैँ हुन् । 

रणनीतिक महत्वको तिब्बत भ्रमणमा राष्ट्रपति चिनफिङ र जेनरल झाङसँगै रहनुलाई चासोका रुपमा हेरिएको छ । गत वर्ष (सन् २०२०) मा तिब्बतका विभिन्न भागमा चिनियाँ र भारतीय फौज आपसमा भिडेका थिए ।  

सन् १९५० देखि नै तिब्बत चीन मातहत छ । चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत आफैँ चीनमा समाहित भएको मान्छ । पछिल्लो समय चीनले तिब्बतमा सैन्य उपस्थितीलाई थप मजबुत बनाउँदै लगेको छ । सिन्ह्वाको सहयोगमा 


Author

थप समाचार
x