विश्व

चीनले विदेशमा कोइलामा आधारित परियोजना नबनाउने

इकागज |
असोज ७, २०७८ बिहीबार ७:१४ बजे

बेइजिङ- विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने बताएको छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन् । 


चिनियाँ राष्ट्रपति सीले राष्ट्रसंघ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भने, “विकासशील देशहरूलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्ने छैनन् ।” 

चीनले इन्डोनेशिया, भियतनासहितका देशमा कोइला खानीमा आधारित परियोजनाहरुमा सहयोग गर्दै आएको छ । पछिल्लो समय ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत चीनले ठूलो लगानी गरिरहेको हो ।

पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना भइरहेका समय चीनले यो कदम अघि बढाृने बताएको हो । सिन्ह्वा


Author

थप समाचार
x