विश्व

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार

इकागज |
कात्तिक ८, २०७८ सोमबार १३:३८ बजे

काठमाडौँ- सुडानमा प्रधानमन्त्रीसहित केही मन्त्रीहरूलाई गिरफ्तारमा गरेको छ । सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। 

उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म उनीहरूको गिरफ्तारीको जिम्मा लिएको छैन। सुडानको सूचना मन्त्रालयले भने गिरफ्तार गरिएकाको तुरुन्त रिहा गर्न र सरकार कब्जामा लिने प्रयास नगर्न अपिल गरेको छ । 


संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएको छ । सुडानमा दुई वर्षदेखि राजनीतिक दलका नेता र सैनिक सहभागी संक्रमणकालीन सरकार थियो। लामो समय शासन गरेका ओमर अल बसिरलाई सत्ताच्युत गरेपछि उक्त संक्रमणकालीन सरकार बनेको थियो।  प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेपछि प्रजातन्त्र पक्षधरहरूले सोमबार बिहानै राजधानी खार्तुममा प्रदर्शन गरेका छन्। बीबीसी
 


Author

थप समाचार
x