विश्व

दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोहको निधन

इकागज |
कात्तिक १०, २०७८ बुधबार ६:४२ बजे

सोल- दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

तर उनको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो । पूर्व सेना प्रमुख समेत रहेका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए । 


उनी राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्वीकारेका थिए । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता थिए । उनको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो । (एएनआई)
 


Author

थप समाचार
x