विश्व

चीनमा उइगुरमाथि नरसंहार भएको डच संसद्को ठहर

इकागज |
फागुन १४, २०७७ शुक्रबार १४:२३ बजे

काठमाडौँ : दि नेदरल्यान्ड्सको संसद्ले जिनजियाङमा उइगुर मुस्लिममाथि नरसंहार भइरहेको ठहर गरेको छ । बिहीबार डच संसद्‍मा प्रस्तुत गरिएको त्यस सम्बन्धि प्रस्ताव पास भएसँगै नेदरल्यान्ड्स युरोपमा उइगुरमाथि नरंहार भएको ठहर गर्ने प्रस्ताब पास गर्ने पहिलो मुलुक बनेको छ । 

संयुक्त राष्ट्रसंघ र अन्य मानवअधिकार संगठनसँग आबद्ध मानवअधिकारकर्मीहरूले चीनको जिनजियाङमा करिब दश लाख स्थानीय उइगुरलाई बन्दी बनाइएको दाबी गर्दै आएका छन् । चिनियाँ सरकारले भने त्यस्तो दाबीलाई इन्कार गर्दै आएको छ । उइगुर समुदायका मानिसहरूलाई सिपमुलक तालिममा सहभागी गराईदै आएको चीनको भनाई थियो । 


‘चीनमा उइगुर समुदायमाथि नरसंहार भइरहेको छ,’ डच संसद्‍मा चिनियाँ सरकारलाई उल्लेख नगरी टेबल गरिएको प्रस्ताबमा भनिएको छ । अन्तराष्ट्रिय अदालत समेत रहेकाे डच सहर हेगस्थित चिनियाँ दुतावासले विज्ञप्ती जारी गर्दै डच संसद्‍मा प्रस्तुत प्रस्ताबको विरोध गरेको छ । उसले जिजजियाङमा कुनै प्रकारको नरसंहार नभएको दाबी गरेको छ । यसअघि क्यानाडाको संसद्ले पनि उइगुर सम्बन्धि यस्तै संकल्प पारित गरेको थियो । (रोयटर्सबाट) 
 


Author

थप समाचार
x