कर्पोरेट

नेपाल टेलिकमको ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ सेवा

इकागज | जेठ ३, २०७८

काठमाडौँ : विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले मोबाइल सेवा अन्तर्गत चौथो पुस्ताको फोरजीमा लङ्ग टर्म इभोलुसन (एलटीइ) प्रविधि अन्तर्गत ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ सेवा शुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा आजदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’  सेवाको परीक्षण शुरुवात गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ । 

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने बताइएको छ । माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *४४४# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ एक्टिभेट गर्नुपर्दछ । 

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा VoLTE को संकेत देखापर्दछ । VoLTE को संकेत देखापरेपछि *१११# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने नेपाल टेलिकमले जनाएको छ । 

गोर्खा अस्पतालमा कोभिड आइसाेलेशन चलाउन एफएनसीसीआई र महानगरबीच सहमती

इकागज | बैशाख ३०, २०७८

काठमाडौं : क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसाेलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना तथा स...

कोभिडमा सिटी एक्सप्रेस अष्ट्रेलियाको सुविधा : नेपाल पठाउँदा कुनै शुल्क नलाग्‍ने

इकागज | बैशाख २८, २०७८

काठमाडौँ : एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा कोभिड-१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहे...

मौज्दात अक्सिजन सिलिन्डर अस्पताललाई दिन निर्माण व्यवसायीको अपिल

इकागज | बैशाख २७, २०७८

काठमाडौँ : आफूसँग मौज्दात अक्सिजन सिलिन्डर नजिकको अस्पताहरूमा फिर्ता गर्न निर्माण व्यवसायी महासंघले अपील ...