कर्पोरेट

राष्ट्रिय वाणिज्य बैंकको मोबाईल बैकिङबाटै कर तिर्न सकिने

इकागज | माघ ६, २०७७

काठमाडौंः करदाताहरूले राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा  राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाईल बैंकिङ मार्फत् कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन् । 

करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयले संकलन गर्ने मूल्य अभिवृद्धि कर (भ्याट), सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिने बताइएको छ । मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरि बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व कर (गभर्मेन्ट रेभेन्यू ट्याक्स)  मा क्लिक गरि करदाता संकेत नम्बर तथा  अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिने उल्लेख छ । 
 

ब्रिटिस कलेजका विद्यार्थीलाई निःशुल्क ल्यापटप र डाटा प्याकेज सुविधा

इकागज | पुस २१, २०७७

काठमाडौं : थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी) ले अहिलेको नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थ...