कर्पोरेट

आइतबार फोटोनको सोरुम उद्घाटन

इकागज | चैत ५, २०७७

काठमाडौँः नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले ललितपुर, बालकुमारीमा चैत ८ गते आइतबार नयाँ सोरुम उद्घाटन गर्ने भएको छ । 

ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा दिन एमएडब्लु वृद्धिले तीन करोड रुपैयाँभन्दा लागनी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम संचालनमा ल्याउन लागेको कम्पनीले उल्लेख गरेको छ । 

नेपालमा फोटनको ‘ठूलो योजना’ अन्तर्गत एमएडब्लु वृद्धिले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्नुका साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट सञ्जाल विस्तार गर्ने योजना समेत सार्वजतिक गरेको छ । 

फोटन चीनको उत्कृष्ट कमर्सियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार भन्दा बढी बिक्री भैसकेको छ, यो संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बलिङ प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ । 
 

नेपाल भित्रियो हुन्डाई भेन्यू आईएमटी र  हुन्डाई भेन्यू १.२ एस+

इकागज | चैत २, २०७७

काठमाडौँः हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले बहु प्रतिक्षि...

नेपाल लिकर्सको नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर १ लक्जरी बजारमा

इकागज | फागुन २८, २०७७

काठमाडौँः नेपाल लिकर्स प्रालिले नया ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ । ‘स्मुदे...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

इकागज | फागुन २२, २०७७

कर्णाली :  मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्य...

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैतमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

इकागज | फागुन १९, २०७७

काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्...