कर्पोरेट

खुकुरी म्युजिक नेशनको शुभारम्भ

इकागज | पुस १७, २०७७

काठमाडौंः  खुकुरी रमले नयाँ वर्ष २०२१ को भव्यतापूर्वक शुरुवात् गर्न २०२१ को पहिलो दिन जनवरी १ तारिखमा वृहत्तर अनलाइन् कन्सर्टको आयोजना गर्न लागेको छ । कार्यक्रम नयाँ वर्ष, नवीन शुरुवातप्रति समर्पित रहेको खुकुरी रमले जनाएको छ । सन् २०२० सबैको दुःख कष्टलाई बिर्सनका लागि कन्सर्ट उपयोगी हुने जनाइएको छ । 

कन्सर्टमा चर्चित एवं लोकप्रिय नेपाली कलाकारहरु समृद्धि राई, सबिन राई एण्ड दि फरौ, दि इलिमेन्ट्स, कबवेब, दि एक्स् ब्याण्ड, विपुल क्षेत्री र दि ट्राभलिङ्ग ब्याण्डको प्रस्तुति रहने बताइएको छ । नेपाली संगीतका पारखीहरुले यो कन्सर्ट साँझ ६ बजेपछि खुकुरी युट्युब च्यानल र डिस होममा शुरु हुँदैछ ।

साथै कन्सर्टमा नयाँ नेपाली सांगीतिक स्टारको खोजमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शीर्ष १६ प्रतियोगीहरुलाई पनि प्रस्तुत गरिने उल्लेख छ । शीर्ष १६ प्रतियोगीहरुको चयनको निर्णयक मण्डलमा विपुल क्षेत्री, समृद्धि राई र सबिन राई रहेका छन् ।  । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो प्रतियोगिताको लागि आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकम मा अपलोड÷सम्मिलित गराएका थिए । यो प्रतियोगिता नेपाल भित्र र विदेशमा रहेका सबै नेपालीहरुका लागि खुल्ला गरिएको थियो । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्ने प्रावधान राखिएको छ । 
 

इन्भेस्टमेन्ट बैंकको २० औं एक्सटेन्सन काउन्टर मंगलबजारमा

इकागज | पुस १२, २०७७

काठमाडौंः नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत सेवा विस्ता...

सीजीका एसी– विद्युत् र मूल्यमा किफायती, ५ वर्षे ग्यारेन्टी र जडान सुविधा

इकागज | पुस १०, २०७७

काठमाडौंः सिजी इलेक्ट्रोनिक्सले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजार...

एनएमबि बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच कर्पोरेट पे लागू गर्न सम्झौता

इकागज | पुस १०, २०७७

काठमाडौं : एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागि कर्पोरेट पे लागू गर्न नेपाल ...

कतार एयरवेजको फ्लाइट सेड्युल वर्षभरी सार्न मिल्ने, निःशुल्क टिकट फिर्ता

इकागज | पुस १०, २०७७

काठमाडौं: विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै कतार एयरवेजले नयाँ वर्ष सन् २०२१ को स्कीम घोषणा गरेको...