एनएमबी बैंकलाई ‘बैंक अफ द इयर’ सम्मान
काठमाडौं : एनएमबी बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’बाट सम्मानित गरिएको छ । सो सम्मान बैंकले विगतचार वर्षमा तेश्रौं पटक प्राप्त गरेको हो ।
एनएमबी बैंकले सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामीण भेगहरुमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ । ‘बैंकले आफ्नो कर्जा लगानी प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमाउल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनेर आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनएमबी बैंक ग्लोबल एलायन्स फर बैकिङ्ग अन भ्यालुज्को नेपालमा एक मात्रै ‘क’ वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्यमान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा सक्रिय रहेको छ । जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरसीप फर कार्बन एकाउन्टीङ फाइनान्सियलको स्टिअरिङ्ग कमिटीको सदस्य बैंकको रुपमा अल्जीमन बैंक, मोर्गान स्ट्यानले जस्ता संसारकै उत्कृष्ट बैंकहरुकासाथ साझा एजेन्डामा काम गर्दै आएको छ ।