कर्पोरेट

मुस्ताङको घरपझोङमा ग्लोबल आइएमई बैंकको शाखा

इकागज | मंसिर ७, २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको बैंकले जनाएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत २१ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदैं आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

एनएमबि बैंकको सातै दिन भाइबर, फेसबुक र बैंकको ई–एपबाट खाता खोल्न सकिने

इकागज | मंसिर ५, २०७७

काठमाडौं । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबर...

नेपाल रेडक्रस र कोका—कोलाको दोस्रो चरणको भेन्टिलेटर र सुरक्षा सामग्री वितरण शुरु

इकागज | मंसिर ५, २०७७

काठमाडौं । कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तर्गत कोभिड–१९ को म...

लायन्स क्लबले निःशुल्क मधुमेहकाे जाँच तथा परामर्श गर्ने

इकागज | कात्तिक २४, २०७७

काठमाडौं : विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लबले निःशुल्क मधुमेह स्त्रिनिङ क्याम्पको आयोजनागर्ने भएको छ...