कर्पोरेट

गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा सेवा

इकागज | साउन १८, २०७९

काठमाडौं– गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ । ग्राहकहरुका लागि सबै माध्यमबाट पहुँच हुने गरी बैंकले यो संस्करण ल्याएको हो ।

डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिनेछ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिलाउने बैंकले जनाएको छ ।

‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई सम्भव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो । पछिल्लो समय डिजीटल बैंकिङ्ग एक अपरिहार्य विशेषता बनेको छ’ प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले भने । डिजिटल बैंकिङ्ग अनुप्रयोगको नविन संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो । 

यसले ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ्ग सेवाहरुको प्रयोगका लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिनेछ ।सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु गर्न यो सेवाबाट सहज हुने बैंकको दावी छ । यहाँबाट विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, टाफिक चिट, मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्टको सजिलै प्रयोग गर्न सकिनेछ ।

गरिमा विकास बैंक नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र प्राप्त विकास बैंंक हो । २०६४ सालमा स्थापना भएको गरिमा विकास बैंकले देशभर १२० शाखा, १ एक्स्टेन्सन काउन्टर र ५० वटा एटिएम मार्फत ग्राहकहरुको सेवा गरिरहेको छ । ‘सबैमा पहुँच’ को  मुल दृष्टिकोण राखेको बैक नेपालको एक अग्रणी विकास बैंक हो । 

एनएमबि बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल र आगमनमा

इकागज | साउन १८, २०७९

काठमाडौँ - एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवर्...

नर्भिकले भित्र्यायो अल्माको लेजर मेशिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै

इकागज | साउन १६, २०७९

काठमाडौंँ - नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा ...