कर्पोरेट

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

इकागज | साउन ९, २०७९

काठमाडौँ- सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगन्जबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक  १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ ।

उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो । नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक (मेडिकल डाइरेक्टर) डा. आशा सिंंह र सानिमा बंैकका  तर्फबाट  सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।

'एनसीसी प्रफुल्ल मुद्दती खाता योजना' मा  निक्षेप रकमको १० गुणासम्म रकम

इकागज | साउन ६, २०७९

काठमाडौँ - नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरू मा...