कोभिड-१९

चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेशी खोपको व्यवस्था

इकागज | जेठ २९, २०७८

बेइजिङ : चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ भाइरसविरूद्ध चिनियाँ खोप लगाएको जनाइएको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको उनको दावी छ । 

प्रवक्ता वाङका अनुसार मार्च ७ तारिख चिनियाँ राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त चिनियाँ खोप परियोजनाबार सार्वजनिक गरेका थिए ।

यस बाहेक चीन सरकारले चीनमा बसेका विदेशीहरूको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेरमापदण्ड पूरा गरेका विदेशीहरूलाई चिनियाँ खोप लगाउने योजना बनाएको छ भने हालसम्म चीनमा रहेका दुई लाख भन्दा बढी विदेशीहरूले चिनियाँ खोप लगाएका छन् । (सिन्ह्वा) 
 

अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी

इकागज | जेठ २९, २०७८

वासिङ्टन : अमेरिकामा कोरोनाबाट औसतमा सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ ।...

पैसा कमाउन डाक्टर बन्‍नेले महामारीमा बिरामीको सेवा गर्दैनन् : नारायणमान बिजुक्छे

इकागज | जेठ २८, २०७८

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसा कमाउने उद्देश्यले डाक्टर पढेक...