बिहीबार ५९ संक्रमितको मृत्यु, ५ हजार २९३ संक्रमणमुक्त
काठमाडौँ : बिहीबार कोभिड-१९ को कारण ५९ जनाको मृत्यु भएको छ । हालसम्म आठ हजार २३८ संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कुल परीक्षण १५ हजार २ सय ३८ परीक्षण गर्दा तीन हजार ७४९ जनामा कोभिड संक्रमण देखिएको छ । नेपालमा सक्रिय संक्रमित ७७ हजार ८५८ छन् ।
संक्रमणमुक्त ५२९३ जना भएका छन् । पाँच लाख १५ हजार ५९१ जना निको भइसकेका छन् । त्यसैगरी, काठमाडौँमा ५४०, ललितपुर १२५ र भक्तपुरमा ९९ जनालाई संक्रमण देखिएको हो ।