कोभिड-१९

कोभिडबाट प्रदेश-१ मा २२ को मृत्यु

इकागज | जेठ १९, २०७८

मोरङ : प्रदेश-१ मा पछिल्लो २४ घण्टामा कोभिड-१९ सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । प्रदेशका  विभिन्‍न अस्पताल र आइसोलेशनमा पछिल्लो २४ घण्टामा २२ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा नौ महिला र १३ पुरुष छन् । 

मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच, सुनसरीका तीन, धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको  मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन/तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई/दुई जना र होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।(रासस)
 

चिनिया कम्पनीले दिएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल आइपुग्यो

इकागज | जेठ १९, २०७८

काठमाडौँ : चिनको सांघाइस्थित स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेर...

फ्रान्सले नेपाललाई दियो २० हजार एन्टिजेनिक परीक्षण किटसहित स्वास्थ्य सामग्री

इकागज | जेठ १९, २०७८

काठमाडौँ : फ्रान्सेली सरकारले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेप...

कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार घोषणा

इकागज | जेठ १८, २०७८

काठमाडौँ  : कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा खटिएका स्वास्थ्यकर्मीलाई  कन्टिनेन्टल...

केही दिनयता घटेको कोभिड संक्रमितको संख्यालाई लिएर के भन्छन् विज्ञ ?

अतिन आचार्य | जेठ १८, २०७८

काठमाडौँ : नेपलामा दोस्रो लहरको कोभिड-१९ को संक्रमण वैशाखको पहिलो सातादेखि तीव्र रुपमा फैलियो । गत व...