कोभिड-१९

कोभिडबाट प्रदेश-१ मा २२ को मृत्यु

इकागज |
जेठ १९, २०७८ बुधबार २०:५३ बजे

फाइल तस्बिर

मोरङ : प्रदेश-१ मा पछिल्लो २४ घण्टामा कोभिड-१९ सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । प्रदेशका  विभिन्‍न अस्पताल र आइसोलेशनमा पछिल्लो २४ घण्टामा २२ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा नौ महिला र १३ पुरुष छन् । 

मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच, सुनसरीका तीन, धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको  मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।


नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन/तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई/दुई जना र होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।(रासस)
 


Author

थप समाचार
x