कोभिड-१९

चीन सरकारले दिएको आठ लाख खोप काठमाडौँ आइपुग्यो

इकागज | जेठ १८, २०७८

काठमाडौँ : चीन सरकारले अनुदानमा दिएको कोभिडविरुद्धको 'भेरोसेल खोप' १० लाख डोज खोपमध्ये ८ लाख डोज नेपाल आइपुगेको छ । मंगलबार मध्यान्ह नेपाल एयरलायन्सको विमानबाट उक्त खोप आएको हो ।

विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीलाई उक्त खोप हस्तान्तरण गरिएको छ । त्यसैगरी, त्तिब्बत सरकारले दुई लाख डोज खोप प्रदान गरेको छ । ५० हजार ४ सय डोज खोप आज बिहान स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई हस्तान्तरण गरिएको हो । साँझसम्म  अर्को ५० हजार ४ सय खोप काठमाडौँ आइपुग्ने छ । बाँकी खोप ९९ हजार २ डोज खोप भोलिसम्म काठमाडौँ आइपुग्ने छ ।

गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए । यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

 

कोभिडबारे अनधिकृत जानकारी नबाँड्‍न प्रधानमन्त्री कार्यालयलाई स्वास्थ्य मन्त्रालयको पत्र

इकागज | जेठ १८, २०७८

काठमाडौँ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को महामारी तथा समग्र जनस्वास्थ्यको विषयमा अनाव...

बेइजिङबाट आठ लाख डोज खोप लिएर काठमाडौँ उड्यो राष्ट्रिय ध्वजाबाहक विमान

अजय अलौकिक | जेठ १८, २०७८

बेइजिङः चीन सरकारबाट अनुदान स्वरूप प्राप्त कोभिड-१९ विरूद्धको दश लाख डोज खोपमध्ये आठ लाख डोज खोप लिएर ...