कोभिड-१९

माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म १५१ को मृत्यु

इकागज | जेठ १५, २०७८

माले : कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । 

तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन् ।

स्वास्थ्य प्रबद्र्धन निकायलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार कोरोनाका कारण यो महिना मात्रै ७४ जनाको मृत्यु भएको छ ।

यसअघि सन् २०२० को मार्च र डिसेम्बरको बीचमा ५१ जनाको मृत्यु भएको थियो ।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको र महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको सरकारी अधिकारीहरुको दावी छ । 

माल्दिभ्समा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या एक हजार २९९ रहेको छ । 

देशभरी कूल ६० हजार ९४३ जनाको कोरोना परीक्षण गर्दा त्यति मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

माल्दिभ्समा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या २५ हजार ४१९ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

सक्रिय सङ्क्रमितमध्ये २७० जना मात्रै अस्पताल भर्ना भएका छन् भने अन्यले घरमै बसेर कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् । (एएनआई)
 

प्रधानमन्त्री आफ्ना समर्थकहरूको थपडीको मीठो आवाज सुनेरै बस्‍नुभयो

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे सबैजसो नेताको असजिलो फुकाइदिने सदाबहार सक्रिय व्यक्ति हुन् । विश्व राजन...

निषेधाज्ञाको ३० औँ दिन : के नागरिकको सामाजिक जीवनलाई भुल्दै छ सरकार ?

अतिन आचार्य | जेठ १४, २०७८

काठमाडौँ : निषेधाज्ञा जारी भएको काठमाडौँ उपत्यकामा ३० औँ दिनमा प्रवेश गरेको छ । कोभिड-१९ को संक्रमण द...

विपक्षीसँग 'डिल' गर्न आवश्यक छैन, कूटनीति सिक्नुहोस : भारतीय नेता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको पत्रबारे  स...