कोभिड-१९

खोप खरिदमा स्थानीय सरकारको ताकेता : केन्द्र सरकारको बेवास्ता

इकागज | जेठ ९, २०७८

काठमाडौँ :  पाल्पास्थित रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कोभिड-१९ विरुद्धको ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीसँग अनुमति मागेका छन् । आइतबार जारी विज्ञप्तिमा नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका नगरबासीलाई खोप लगाउने योजना रहेकाले खोप खरिद गर्न लागेको नगर प्रमुख थापाले जनाएका छन् ।

'प्रचलित ऐन नियमावली , मापदण्डको परिधिभित्र रही र यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र तोकिएको मापदण्ड बमोजिम खोप खरिद गर्न अनुमति दिनुहुन अनुरोध गर्दछु,' विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कोभिड संक्रमणका लागि संघ, प्रदेश र स्थानीय सरकारले भरमग्दुर प्रयास गरिरहेको उनले बताएका छन् । अपेक्षा बमोजिम प्रयास गरिएको प्रभावकारी नदेखिएको उनको भनाइ छ ।  रामपुरमात्र होइन देशका अन्य पालिकाले पनि खोप खरिदका लागि केन्द्र सरकारको अनुमति कुरेका छन् । केन्द्र सरकारले पहल गर्न नसक्दा पहिलो डोज लगाएकाहरूले दोस्रो डोज लगाउने समय घर्किन लाग्दासमेत खोप आउने टुंगो छैन । 

नेपाल र नेपालीको व्यवहार सुनेकाे भन्दा पनि माथिल्लो पाइयो : साउदी जान हिडेका भारतीय

अतिन आचार्य | जेठ ९, २०७८

काठमाडौँ : परिश्रम गर्ने मानिसका हातलाई राष्ट्रको भूगोलले छेक्दैन । आफ्ना सपना र जिजीविषालाई राख्&z...

जेठ सुरु भएपछि सुदूरपश्‍चिम बढ्योसंक्रमण दर, ४२ प्रतिशतमा कोभिड पुष्टि

नवराज पनेरु | जेठ ९, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक...

कोभिड–१९ नियन्त्रणका लागि जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजको २ करोड सहयोग

इकागज | जेठ ८, २०७८

काठमाडौंँ : सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय साम...