कोभिड-१९

लुम्बिनीका चार जिल्लामा संक्रमणबाट  २१ को मृत्यु

इकागज | जेठ ४, २०७८

रुपन्देही  : कोभिड-१९ संक्रमणबाट आज रुपन्देही, बाँके, दाङ र रुकुममा थप २१ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँचको मृत्यु भएको छ ।  मत्यु हुने मध्ये चार रुपन्देहीका र एक अर्घाखाँचीका हुन् ।

सङ्क्रमणबाट सियारी-३ रुपन्देहीका २९ वर्षीय पुरुष, अर्घाखाँची खनदहका ४३ वर्षीय पुरुष,  तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुष, बुटवल-१२ का ४० वर्षीय महिला, बुटवल-२ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा दाङमा दश  सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका स्रोत ब्यक्ति कमल चन्दका अनुसार तुलसीपुरका पाँच, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका दुई/दुई र दंगीशरण  गाउँपालिकाका १ को मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा मृत्यु हुनेको सङ्ख्या एक सय ६९ पुगेको छ । जिल्लाबाट पछिल्लो २४ घण्टामा ४५ को डिस्चार्ज भएका छन् भने  २०७ नयाँ संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म दुईहजार ६ सय ६० सक्रिय सङ्क्रमित रहेका छन् ।

बाँकेका अस्पतालमा आज थप पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्‍जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप पाँचजना सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ निवासी ५१ वर्षीय पुरुषको बिहान, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ५७ वर्षीय पुरुषको बिहान, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ५० वर्षीय पुरुषको दिउँसो र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ निवासी ५७ वर्षीय पुरुषको दिउसो भेरी अस्पतालमा मृत्यु भएको छ ।
 
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० रुकुमपूर्व निवासी ६० वर्षीय पुरुषको बिहान मृत्यु भएको हो । यसअघि गएराति बाँकेका दुई अस्पतालमा चार जनाको मृत्यु भएको थियो । 
योसँगै  सङ्क्रमणका कारण हालसम्म जिल्लामा उपचारका लागि बाहिर जिल्लाबाट आएका दुई सय जना र जिल्लाकै दुई ४५ गरी चार सय ४५ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए । 

रुकुम (पूर्व) मा कोरोना सङ्क्रमणबाट एमाले नेताको मृत्यु भएको छ ।  पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १० बाछीगाउँका सतमान पुनको आज निधन भएको हो । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहनुभएका भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम-पूर्वका अध्यक्ष पुनको उपचारको क्रममा बाँकेको कोहलपुर निधन भएको हो । (रासस)
 

लायन्स क्लब इन्द्र अन्‍नपूर्ण योगाले चन्द्रागिरिलाई स्वास्थ्य सामग्री सहयोग गर्‍यो

इकागज | जेठ ४, २०७८

काठमाडौँ : लायन्स क्लब इन्द्र अन्नपूर्ण योगाले चन्द्रागिरी नगरपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य साम...

निषेधाज्ञा अवधिमै थपिए डेढ लाख बढी संक्रमित, समुदायमा परीक्षण नहुँदा संक्रमण बढ्यो

अतिन आचार्य | जेठ ४, २०७८

काठमाडौँ : मुलुकभर कोभिड संक्रमणका कारण सोमबार २ सय १४ को मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...