कोभिड-१९

गाउँमा पनि चाहियो पीसीआर परीक्षण : कांग्रेस नेता खतिवडा

इकागज | जेठ २, २०७८

काठमाडौँ : कांग्रेस नेता रामहरि खतिवडाले ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ जस्ता पहाडी जिल्लाका स्थानीय पीसीआर परीक्षण गर्नकै लागि धरान, विराटनगर र काठमाडौँ जानुपरेको बताएका छन् । ‘३० जना परीक्षण गर्दा १५ जनामा कोभिड देखिने अवस्था छ,’ उनले भने, ‘गाउँमा मानिसहरू बिरामी भएर सुत्न थालेका छन् । तर, एन्टीजेट र पीसीआर परीक्षण गर्ने किट छैन ।’ 

कोभिड-१९ को यस्तो बित्यास लाग्दो अवस्थामा ओखलढुङ्गाका जनस्वास्थ्य प्रमुखसँग सवारी साधन नहुँदा निकै अप्ठयारो परेको उनले बताए । ‘त्यहाँका जनशक्तिलाई स्वास्थ्य सामग्री छिटोभन्दा छिटो उपलब्ध गराइदिनुपर्‍यो,’ उनले भने, ‘पीपीई, मास्क, स्यानिटाइजर केही पनि छैन भन्‍ने गुनासा आएका छन् ।’

गाउँमा बिहे, भोज र ओल्लो घर पल्लोघर भन्दै गर्दा संक्रमितको संख्या बढिरहेको उनले बताए । ‘बिहे भोज भनेर अहिले गाउँमा घरघरै कोरोना पुगिसक्यो,’ उनले भने, ‘उनीहरू बिरामी भए भने सहरमा लैजाने अवस्था पनि छैन, न गाउँमा नै राम्रो अस्पताल छ ।’ 

त्यस्तै, तीन महिना पहिले लगाएको पहिलो डोज खोपको समेत दोस्रो डोज खोप अहिलेसम्म नपुगेको गुनासो उनले गरेका छन् । ‘पहाडी जिल्लामा तीन महिना भइसक्यो खोप लगाएको, अहिलेसम्म खोप गएन,’ उनले भने, ‘यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।’ उनले यस खतिवडाले यो देखिएको विकराल समस्याबारे स्वास्‍थ्‍य सचिव लगायतसँग पहल गरेकाे बताए । 

अक्सिजन प्लान्टका लागि व्यवसायी चौधरीले दिए २० लाख, नेतृ देउवाद्वारा १० लाख सहयोग

नवराज पनेरु | जेठ २, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि अक्सिजन व्यवस्था...

स्वास्थ्य पूर्वाधार विस्तारमा चौधरी फाउण्डेसन, आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

इकागज | जेठ २, २०७८

काठमाडौँ : कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटलाई मध्यनजर गर्दै चौधरी...

कोभिड बढेपछि बसाइ छोट्याउँदै पर्यटक, आज चार्टड फ्लाइटबाट अमेरिकी नागरिक स्वदेश फर्कँदै

इकागज | जेठ २, २०७८

काठमाडौँ : कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढन थालेपछि विदेशी नागरिकले नेपाल छोड्न थालेका...