कोभिड-१९

थपिए ९,२४७ संक्रमित, २१४ जनाको मृत्यु

इकागज | जेठ ३, २०७८

काठमाडौँ  :  नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ६ सय ५३ पीसीआर परीक्षणका क्रममा ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । त्यस्तै थप २१४ जनाको कोभिडका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा पाँच हजार दुई सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ५ हजार ७ सय ६७ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् । हाल एक लाख १३ हजार ४८० सक्रिय संक्रमित आइसोलेशनमा र ७०८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ वटा पीसीआर परीक्षण गरिएको छ ।  

काठमाडौँमा डरलाग्दो कोभिड ग्राफ : परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा पोजिटिभ

इकागज | जेठ ३, २०७८

काठमाडौँ : कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा  कोरोना परीक्षण ...

कर्णालीको स्वास्थ्यमाथि अर्को खेलवाड : अक्सिजन प्लान्ट खरिद गर्दा जेनेरेटर ल्याइदिए

कर्णाली, काठमाडौँ : सल्यान जिल्ला अस्पताल र स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार अक्स...