अपराध

नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

इकागज | चैत १४, २०७९

कैलाली- नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका-१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ६/७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी हिजो (साेमबार) परेपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका ५० वर्षीय रिजवान खान रहेका छन् । खानले बालिकालाई बिस्कुटको प्रलोभन देखाई आफ्नै डेरामा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका खानलाई हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

लागूऔषधको जालो भत्काउँदै प्रहरी : काराेबारी पक्राउ गर्न सफल हुँदै

इकागज | चैत ४, २०७९

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले लागूऔषध ओसारपसार, प्रयोग र दुर्व्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी ...