अपराध

अनुसन्धान कर्मचारीको मृत्यु : किटानी जाहेरीपछि पिकनिक गएका १२ जना पक्राउ

इकागज | फागुन १६, २०७९

कैलाली - बैतडीमा पिकनिक गएका युवा जीवन बुडालको मृत्यु भएपछि परिवारले १२ जना विरुद्ध किटानी जाहेरी दिएको छ। जाहेरीपछि पिकनिक मनाउन गएका १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

सोमबार मृतककी श्रीमती मनिषा कुलुङ बुडालले घटना संकास्पद रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएकी हुन्। पिकनिक गएका ११ जना र गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको उनले बताएकी छन्।

ज्यानसम्बन्धी कसुरमा परिवारले जाहेरी दिएपछि पिकनिक गएका १२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका बुडाल बिदामा घर आएका बेला पिकनिक गएका थिए । उनी शनिबार राति मृत फेला परेका थिए।

नाबालिकालाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिकमाथि अनुसन्धान

इकागज | फागुन १५, २०७९

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय य...

सवारी चालक र बटुवालाई बाेलाउँदै जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ

इकागज | फागुन १५, २०७९

बारा । पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्र...