वातावरण

मल र जलाधार क्षेत्र घोषणाको माग

इकागज | माघ १५, २०७८

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले शुक्रबार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन् । 

सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खानेपानीको स्रोत बढाउन, भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश मन्दिर परिसरलाई साँंस्कृतिक क्षेत्र घोषणा गर्न र भक्तपुरका नवदुर्गा पीठको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्न वनमन्त्री यादवसँग माग गरे । 

भेटमा वनमन्त्री यादवले साँस्कृतिक नगरी भक्तपुरको सार्वजनिक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । 

त्यसैगरी सांसद सुवाल र नगर प्रमुख प्रजापतिसहितको टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भटेर किसानहरूलाई समयमै सुपथ मूल्यमा पर्याप्त रासायनिक मल उपलब्ध गराउन माग गरे । 

 सचिव डा. शर्माले कृषकको मागबमोजिम मन्त्रालयले आवश्यक मलको व्यवस्थापनमा जुटेकाले भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन पहल गर्ने बताए । रासस

गैंडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत : निर्माण व्यवसायी महासंघ

इकागज | माघ १४, २०७८

काठमाडौँ – सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैंडा मरेको सन्दर्भमा चितवन रा...

बाघ बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

इकागज | माघ १३, २०७८

काठमाडौँ : यस वर्षको अन्तर्राष्ट्रिय ‘टीएक्सटू’ पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जल...

जुधेर गैँडा मर्‍यो

इकागज | माघ १२, २०७८

काठमाडाैँ – चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्...