Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

वातावरण

पोखरामा जलपंक्षीको गणना थालियो

इकागज | पुस २७, २०७८

पोखरा - पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ ।

प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा जलपंक्षी गणना गरिन्छ । गणनामा पंक्षी अवलोकन कर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ, संस्थाको सहभागिता छ । 

सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, संख्या अध्यावधिक गर्न र संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउन गणना सुरु गरिएको गण्डकीको वन मन्त्रालयले जनाएको छ ।

पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे ताल, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा तथा दोस्रो दिन फेवातालमा जलपंछी गणना गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए ।

हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिएपनि बर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको उनको भनाइ छ ।

‘पोखरा पानी चराका लागि उपयुक्त मौसम र भुगोल छ । यहाँ चराहरु रमाउन सक्छन्,’ उनले भने, ‘विस्तारै मानवीय गतिविधिले जलकुण्डहरु हराएका छन् । चराहरु पनि घट्दै गएका छन् ।’ पोखरामा रैथाने पन्छीसँगै वर्षेनी घुमन्ते पंक्षीहरु समेत विचरण गर्ने गर्छन् ।

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्काे योगदान महत्वपूर्ण’

इकागज | पुस २६, २०७८

काठमाडाैँ- जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भ...