वातावरण

चितवनमा भाले गैँडा मृत फेला

इकागज | मंसिर २७, २०७८

चितवन - चितवनमा भाले गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको  डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।

सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको हो । प्राविधिकको टोलीबाट शव परीक्षण भएको छ । उनले भने , “मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्टपछि मात्रै थाहा हुन्छ ।” डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का प्राविधिक टोलीले मृत गैँडाको व्यवस्थापन गरेको छ ।

गैँडाको खाग र खुरसहित सबै अङ्ग सुरक्षित छ । मृत गैँडाको शरीरमा कुनै चोट पनि देखिएको छैन । गैँडाको सिंग र खुर डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ । रासस

 

देशभर चिसो बढ्यो

इकागज | मंसिर २५, २०७८

काठमाडौँ - काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै स...

वनमन्त्रीले क्यामरा ‘अन’ गरेपछि बाघ सर्वेक्षण उद्घाटन, तीन महिनाभित्र सर्वेक्षण सकिने

इकागज | मंसिर १९, २०७८

चितवन- वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ...