वातावरण

आज पाँच प्रदेशमा पानी पर्ने

इकागज | भदौ ४, २०७८

काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले चार प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको छ । विभागले बिहानपूर्वानुमान बुलेटिन निकाल्दै प्रदेश-१, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ।

मुलुकभरका अन्य स्थानमा पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको तथा न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले सामान्य देखि पूर्ण बदली रहेको विभागले बताएको छ । 

विभागले दिउँसो प्रदेश-१, कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। त्यस्तै राति पनि प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । 

शनिबार प्रदेश-१, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आइतबार प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले वर्षा हुने सम्भावना रहेका स्थानहरूमा पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

तातिएको पृथ्वी, सुरुवाती संकट : विदेशमा मान्छे मर्दैछन्, नेपालका हिमाल झर्दैछन्

सुनीता साखकर्मी | असार २४, २०७८

काठमाडौँ : इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसीमोड)का तत्कालीन निर्देशक डेभिड मोल्डे...

इराकमा तापक्रम ५१ डिग्री सेल्सियससम्म पुग्यो, तातो हावा चल्दा जनजीवन प्रभावित

इकागज | असार १७, २०७८

इराक : इराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसा...