वातावरण

मौसम

सात फोटोमा हेर्नुहोस पानी परेको साँझको काठमाडौँ (फोटो फिचर)

सरोज बैजु | चैत १८, २०७७

काठमाडौँ : वायु प्रदूषणले उकुसमुकुस भएका बेला काठमाडौँ उपत्यकामा पानी परेको छ । बुधबार साँझ उपत्यकामा पनि पानी परेको हो । पानी परेपछि प्रदूषणले अवस्था असामान्य भएको काठमाडौँ केही शिथिल देखिएको छ । 

मौसमविदले हल्का पानी पर्ने सम्भावना रहेको बताएपनि उपत्यकामा भने केही समयसम्म झमझम पानी पर्‍यो । पानी परेपछि आफ्नो गन्तव्यमा हिडेका केही यात्री भिजे । केही भने छाता ओढेर आफ्नो गन्तव्यमा लागे । 

सिमसिम पानीमा कोही भिज्दै, फोनमा कुरा गर्दै घर फर्किदै थिए । अचानक पानी परेपछि सर्वसाधारणलाई घरसम्म जान केही मुश्किल पनि भयो । तर हप्ता दिनदेखि प्रदूषणका कारण श्वास फेर्न गाह्रो भएका काठमाडौँबासीलाई भने यो पानीले थोरै भएपनि राहत दिएको छ । 

 पानी परेपछि वायु प्रदुषणले ढाकेको उपत्यकाको मौसम बिहीबारदेखि खुल्ने अनुमान गरिएको छ । यद्यपी वनमा लागेको डढेलो नियन्त्रणमा आईनसकेकाले प्रदूषण फेरि बढ्न सक्ने मौसमविदको अनुमान छ । 

 

मेघ गर्जन, चट्याङ, हावाहुरी र हल्का वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इकागज | चैत १, २०७७

काठमाडौँ : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन, चट्य...