फुटबल

बायर्नलाई ८ अंकको अग्रता, बार्सिलोना रोकियो

इकागज | मंसिर ८, २०७८

काठमाडौँ- डाइनामो किभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ । 

मंगलबार राति भएको खेलमा बायर्नले ड्यानामो किभलाई २–१ गोलले परातिज गरेको हो ।

मंगलबार भएको खेलमा भ्रमणकारी टोली बायर्नलाई जिताउन रोबेर्ट लेवानडोस्की र किंग्सले कोम्यानले समान १/१ गोल गरे । केइभको लागि डेनी हर्माशले १ सान्त्वना गोल गरे । 

राति नै भएको खेलमा स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोल रहीत बराबरीमा रोकिएपछि बायर्नले समूहमा ८ अंकको अग्रता लिएको हो । बायर्नले यसअघि नै प्रतियागिताको नकआउट चरणमा स्थान बनाइसकेको छ । 

बार्सिलोनाले भने अन्तिम खेलबाट नै अन्तिम १६ को स्थान बनाउने छ । अन्तिम खेलमा बार्सिलोनाले बायर्नको सामना गर्नेछ । बेन्फिका र ड्यानामो भिड्नेछन् । यस खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउनेछ । 

पहिलो पटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो । जितले बार्सिलोना नक आउट चरणमा स्थान बनाउने थियो । बराबरीसँग उसले अर्काे खेल कुर्नपर्ने भएको छ । 

समूह ‘इ’ मा बायर्नको ५ खेलबाट १५ अंक छ । बार्सिलोनाको ७ अंक रहँदा बेन्फिकाको ५ अंक रहेको छ । पुछारमारहेका केईभको १ अंक छ । 

म्यानचेस्टर युनाइटेडबाट बिदा भए सोल्स्यार, क्यारिक बने अन्तरिम प्रशिक्षक

इकागज | मंसिर ५, २०७८

काठमाडौँ- ओले गनर सोल्स्यारले आइतबार म्यानचेस्टर युनाइटेड छाडेका छन् । विज्ञप्ति जारी गर्दै युनाइटेड...