फुटबल

डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

इकागज | कात्तिक २७, २०७८

काठमाडौँ- एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ । 

शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो । 

अर्जेन्टिनाको जितमा कप्तान समेत रहेका एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६ मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए । 

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिना जारी छनोटमा अपराजित रहँदै आएको छ ।

दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ । 

पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । 

नवयुगको घुँडाको सफल शल्यक्रिया, करिब दुई महिना मैदान बाहिरै रहने

इकागज | कात्तिक २६, २०७८

काठमाडौँ- नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य नवयुग श्रेष्ठको घुँड...

न्युकासललाई रेलिगेसनबाट बचाउने वाचा गर्न सक्दिँन : एड्‍डी हाउ

इकागज | कात्तिक २५, २०७८

काठमाडौँ- साउदी अरबबाट लगानी भित्रिएपछि न्युकासल युनाइटेड इंग्लिस प्रिमियर लिगको धनी क्लबहरूमध्येको एक ...

सोल्स्यारले म्यानचेस्टर युनाइटेड छाड्ने बेला आयोः रियो फर्डिनान्ड

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ- रियो फर्डिनान्डले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले पद त्याग गर्नुपर्ने अभ...