फुटबल

लिभरपुललाई हराएपछि उत्साहित बनेको वेस्टह्यामको ध्यान शीर्ष चार छनौटमा

इकागज | कात्तिक २२, २०७८

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार वेस्टह्यामले लिभरपुललाई ३–२ ले स्तब्ध बनायो । जारी लिगमा एकै खेल पनि नहारहेको लिभरपुललाई निराश बनाएपछि वेस्टह्याम अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । बलियो लिभरपुललाई पराजित गरेपछि वेस्टह्यामको आत्मविश्वास बढेको छ । अब डेभिड मोयस आफ्नो टिमलाई च्याम्पियन्स लिगमा छनौट गराउन चाहन्छन् । 

उसो त यस सिजन पनि वेस्टह्याम युरोपियन क्लब फुटबलमा व्यस्त छ । गत सिजन प्रिमियर लिगमा छैटो भएपछि वेस्टह्याम यसपालीको युरोपा लिगका लागि छनौट भएको थियो । जारी सिजन शीर्ष चारमा अट्दै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने वेस्टह्यामको लक्ष्य हो । 

च्याम्पियन्स लिगमा छनौट हुने विश्वास राखिरहेका मोयस आफ्नो टिम उपाधि दाबेदार भने नभएको प्रष्ट पार्छन् । ‘वेस्टह्यामले प्रिमियर लिग जित्ने सम्भावना छैन । तर शीर्ष चारमा पर्न भने हामी सक्षम छौँ । यसका लागि हामी अन्तिम सम्म नै लड्नेछौँ । गत सिजन हामी चौथो स्थानबाट जम्मा दुई अंकले पछाडि परेका थियौँ । यसपटक भने हामी आशावादी छौँ । यद्यपि हामी अति उत्साहित भने हुनुहुँदैन,’ मोयसले बेलायती सञ्चार माध्यम बीबीसीसँग भनेका छन् । 

पछिल्लो समय वेस्टह्यामले वास्तवमै लोभलाग्दो प्रदर्शन गरिरहेको छ । उसले गएका चार लिग खेलमा पराजय भोगेको छैन । यससँगै वेस्टह्यामले १० खेलबाट २३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि ११ खेलबाट २३ अंक नै छ । तर गोल भिन्नताका आधारमा सिटीले दोस्रो स्थानमाथि कब्जा जमाएको हो । लिग लिडर चेल्सीको चाहिँ २६ अंक छ ।  

यस साता अन्तर्राष्ट्रिय फुटबल फर्कने हुँदा, प्रिमियर लिगमा अब १२ दिनको विश्राम हुनेछ । यसो हुँदा चेल्सी र वेस्टह्यामले अब नोभेम्बर २० मा आफ्नो १२ औँ खेल खेल्नेछन् । चेल्सीले लेस्टर सिटीको सामना गर्नेछ भने वेस्टह्यामको भेट उल्भरह्याम्पटनसँग हुने पूर्वतालिका छ । यसैगरी च्याम्पियन सिटीलाई एभरटनले चुनौती पेश गर्नेछ । उता चौथो स्थानको लिभरपुल र आर्सनल पनि नोभेम्बर २० मै एनफिल्डमा भिड्नेछन् ।  

लिभरपुलको पहिलो हार

इकागज | कात्तिक २२, २०७८

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । आइत...

बुन्डेसलिगा: सर्वाधिक गोल गरेको बायर्नको भेट कम गोल खाएको फ्राइबर्गसँग

इकागज | कात्तिक १९, २०७८

काठमाडौँ- जर्मन बुन्डेसलिगामा यो सिजन सबैभन्दा बढी गोल गर्ने टिम बायर्न म्युनिख हो । गत सिजनको च्या...

एम्रीले प्रशिक्षक बन्‍न इन्कार गरेपछि न्युकासलको ध्यान हाउतर्फ

इकागज | कात्तिक १९, २०७८

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडमा हाल प्रशिक्षकको पद खाली छ । नयाँ व्यवस्थाप...