फुटबल

म घर फर्कन आतुर छुः जाभी

इकागज | कात्तिक १८, २०७८

काठमाडौँ- बार्सिलोनाले आफ्ना पूर्वखेलाडी जाभी हर्नान्डेजलाई क्लबमा फर्काउने प्रयास जारी राखेको छ । रोनाल्ड कुमनलाई बर्खास्त गरेको बार्सिलोनाले जाभीलाई प्रशिक्षकको जिम्मेवारी सुम्पन चाहेको हो । बार्सिलोनाका उपाध्यक्षको नेतृत्वमा एक टोली दोहा पुगिसकेको छ । जहाँ बार्सिलोना र जाभी हाल कार्यरत रहेको अल सादका प्रतिनिधिहरूबीच कुरा भइरहेको बताइएको छ । 

जाभी केही दिन भित्रै बार्सिलोनोको प्रशिक्षकमा नियुक्त हुने अनुमान भइरहँदा अल सादले भने उनलाई क्लबमै राख्‍न चाहेको बताएको छ । यद्यपि जाभीले चाहिँ आफू बार्सिलोना फर्कन आतुर रहेको प्रतिक्रिया दिएका छन् । 

‘केही दिनयता म बार्सिलोनासँग छलफलमा छु । मैले बार्सिलोना फर्कने निर्णय लिइसकेको छु । म घर जान चाहन्छु । तर बार्सिलोना र अल सादबीच सहमति हुन जरुरी छ । आशा छ, दुई क्लब सहमतिमा पुग्‍नेछन् ।,’ बुधबार जाभीले भने । 

उता अल सादका कप्तान अब्देलकरिम हसनले जाभीले क्लब छाड्ने निर्णय गरेकोमा दुःख व्यक्त गरे । ‘हामी सबै दुःखी छौँ । तर अल साद छाडे पनि उनी बार्सिलोना जस्तो ठूलो क्लबको प्रशिक्षक बन्‍ने छन् । यसमा हामी खुशी पनि छौँ । उनले अल सादलाई मात्र होइन, कतारी फुटबललाई नै परिवर्तन गरेका छन् । यसकारण हामी उनलाई सम्झिरहने छौँ,’ हसनले भनेका छन् । 

कतारी लिगमा बुधबार अल सादले अल दुहैलको सामना गरेको थियो । यो खेल ३–३ को बराबरीमा सकियो । खेलपछि जाभीले सबै खेलाडी र खेल अफिसियलहरूसँग हात मिलाएका थिए । यसलाई जाभीले बिदा मागेको रूपमा हेरिएको छ । 

सान्टोलाई बर्खास्त गरेको टोटनहमले कोन्टेलाई प्रशिक्षक बन्‍न प्रस्ताव राख्यो

इकागज | कात्तिक १५, २०७८

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको टोटनहमले प्रशिक्षक नुनो स्पिरिटो सान्टोलाई सोमबार बर्खास्त गरेको छ ...

प्रत्येक दुई वर्षमा आयोजना हुने विश्वकपमा सहभागी हुन सकिँदैनः दक्षिण अमेरिकी फुटबल महासंघ

इकागज | कात्तिक १४, २०७८

काठमाडौँ- विश्व फुटबल नियामक निकाय फिफाले विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्ने योजना अघि सारेक...

कौउटिन्हो ब्राजिलको टिममा फर्किए, भिनिसियस जुनियर भने बाहिर

इकागज | कात्तिक १३, २०७८

काठमाडौँ- बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कौउटिन्होले ब्राजिलको राष्ट्रिय टिमबाट ६३ खेल खेलेका छन् ।...