फुटबल

पीएसजीलाई पछि पार्दै लियोन शीर्ष स्थानमा

इकागज | माघ १७, २०७७

काठमाडौँ : फ्रेञ्च लिग वान फुटबलमा लियोन शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा ब्रोडेक्सलाई २-१ गोलले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो । लियोनलाई जिताउन कार्ल एकाम्बी र लियो डुबोइजले गोल गरे । ब्रोडेक्सका लागि स्यामुएल कलुले एक गोल फर्काए ।

खेलमा अग्रता पनि लियोनले लिएको थियो । उसका लागि एकाम्बीले ३२ औँ मिनेटमा गोल गरे । दोस्रो हाफमा ब्रोडेक्सका लागि कलुले बराबरी गोल फर्काए । ९० मिनेटसम्म बराबरीउन्मुख खेलमा अतिरिक्त समयको ९२ औँ मिनेटमा लियोले गोल गर्दै टिमलाई जिताएका हुन् ।

जितसँगै लियोन २२ खेलबाट ४६ अंकसहित फ्रेञ्च लिग वानको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको पीएसजी ४५ अंकसहित दोस्रो स्थानमा छ । ब्रोडेक्स भने ३२ अंकसहित सातौ स्थानमा छ । 
 

म्यानचेस्टर सिटीमा भिन्सेन्ट कम्पनीलाई बिर्साउने रुवेन डायस

इकागज | माघ १७, २०७७

काठमाडौँ : गत सिजन लिग च्याम्पियन लिभरपुलको दाँजोमा म्यानचेस्टर सिटीको रक्षापंक्ति कमजोर देखिएपछि पेप ग्...