स्वास्थ्य

थप ५३ जनामा कोभिड–१९ पुष्टि

इकागज | असोज १०, २०७९
काठमाडौं– नेपालमा थप ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ सय २५ पिसीआर परीक्षणका क्रममा ३९ जना र १ हजार ७ सय ९९ एन्टीजेन परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  त्यस्तै थप ८४ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।