स्वास्थ्य

स्वास्थ्य शिविरमा जाँच गरेकामध्ये ४१ प्रतिशत जटिल प्रकृतिका बिरामी

इकागज | फागुन २४, २०७८
मकवानपुर – मकवानपुरको हेटौंडा अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराइएका मध्ये ४१ प्रतिशतको स्वास्थ्य समस्या जटिल प्रकृतिको भएको पाइएपछि शल्यक्रियाको लागि रिफर गरिएको छ । रिफर गरिएका सबै बिरामीको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौमा निशुल्क शल्यक्रिया हुनेछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्...