स्वास्थ्य

मधेश प्रदेशमा ६ सयभन्दा बढी नयाँ कुष्टरोगी भेटिए

इकागज | फागुन २९, २०७८
जनकपुरधाम–फागुन २९ गते । मधेश प्रदेशमा गत वर्ष मात्रै ६ सय भन्दा बढी नयाँ कृष्ठरोगी भेटिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य व्यवस्थापन सूचना केन्द्र (एचएमआईएस) का अनुसार गत आर्थिक वर्ष ०७७÷०७८ मा मधेस प्रदेशमा गरिएको सर्भे अनुसार ६ सय ७४ वटा नयाँ कुष्ठरोगी भेटिएको हो । यो संख्या कुल संक्रमितको ३४ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७६÷०७७ मा देशभर ३ हजार २ सय ८२ नयाँ रोगी भेटिएकामा मधेश प्रदे...