स्वास्थ्य

भोलिदेखि काठमाडौँमा फाइजर खोपको दोस्रो मात्रा लगाइने

इकागज | माघ २३, २०७८
काठमाडौं - काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणबाट क्षति न्युनीकरण गर्नका लागि सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडामै व्यवस्था मिलाएको छ । काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिबारबाहेक बिहान १० बजेदेखि ४ बजेसम्म...