स्वास्थ्य

धरानमा खोप लगाएकी ७२ वर्षीया संक्रमितको मृत्यु

इकागज | माघ १५, २०७८
काठमाडौँ- धरानमा कोभिडविरुद्धको खोप लगाएकी ७२ वर्षीया कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गएराति (शनिबार) मृत्यु भएको हो । उनलाई १४ गते मात्र कोभिड पुष्‍टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएकी थिइन् । प्रतिष्‍ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलका अनुसार संक्रिमतलाई मधुमेहको समस्या थियो । प्रतिष्‍ठानमा हालसम्म ४ सय ३० संक्रमितको मृत्यु भइसकेको छ ।
स्वास्थ्य

फुङ्लिङमा वृद्धवृद्धालाई बुष्टर डोज, बालबालिकालाई दोस्रो मात्रा

इकागज | माघ १५, २०७८

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिकामा कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप के...