स्वास्थ्य

चितवनमा कोभिड खोप लगाउन छुटेकाको खोजी सुरु

इकागज | मंसिर १, २०७८
चितवन - जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको संख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको संख्या अत्यन्त न्यून हुँदै गएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको संख्या दुई लाख ५९ हजार ९७७ रहेको छ । पहिलो मात्रा कोभिसिल्ड ३९ हजार ९२१, भेरोसेल दुई लाख ३१ हजार ११ र एस्ट्राजेनिक...