स्वास्थ्य

देशभर २३३३ जनाको कोभिड परीक्षण गर्दा १४३ संक्रमित थपिए

इकागज | कात्तिक २१, २०७८
काठमाडौँ- देशभर नयाँ १४३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार ३३३ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १४१ र एन्टीजेन्ट विधिबाट २ जनामा कोभिड पुष्‍टि भएको थियो । २४ घण्टामा ५६३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भइसकेका छन् । ९ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४४८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइ...