स्वास्थ्य

बैतडीमा स्क्रब टाइफसको जोखिम बढ्यो, ४५ जनामा संक्रमण

इकागज | असोज १७, २०७८
बैतडी – जिल्ला अस्पताल बैतडीमा  ‘स्क्रब टाइफस’का बिरामी दैनिक रूपमा फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक, दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।   ‘पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको छ,’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज...