स्वास्थ्य

काठमाडौँ महानगरमा सोमबारदेखि १८ वर्षमाथिकालाई अष्‍ट्राजेनिका खोप

इकागज | असोज १०, २०७८
काठमाडौँ- सोमबारदेखि काठमाडौँ महानगरपालिकाले १८ वर्ष माथिका सबैलाई खोप उपलब्ध गराउने भएको छ । महानगरपालिकाको ३२ वडाको खोप केन्द्रबाट अष्‍ट्राजेनिका खोप उपलब्ध गराउने महानगरले जनाएको छ । खोप केन्द्रमा १० बजेदेखि ४ बजेसम्म खोप लगाइने भएको छ । जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौँ र प्रदेश स्वास्थ्य कार्यालय काठमाडौँ आइतबारको निर्णयको आधारमा खोप उपलब्ध गराउने भएको हो । खोप लगाउन जाँदा परिचयपत्...