स्वास्थ्य

कोभिडले थप २३ जनाको मृत्यु, ३,१०६ जनामा संक्रमण पुष्टि

इकागज | साउन १६, २०७८
काठमाडौँ : नेपालमा कोभिड १९ संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ३ हजार १०६ जनामा संक्रमण पुष्टि हुँदा २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जनामा संक्रमण पुष्टि भएको छ । दुवै परीक्षणबाट ३ हाजर १०६ जनामा सं...