स्वास्थ्य

स्वास्थ्य मन्त्रालय भन्छः कोभिशिल्डको दोस्रो डोज आयात सुनिश्‍चित छैन

इकागज | जेठ २३, २०७८
काठमाडौँ : सरकारले कोभिडविरुद्ध कोभिशिल्डको पहिलो डोज खोप लगाएकालाई धैर्य गर्न आग्रह गरेको छ । गतवर्षको फागुन २३ देखि चैत १० गतेसम्म कोभिशिल्ड खोप लगाएकाहरूको दोस्रो डोज खोप लगाउने समय भइसकेको छ । सिरम इन्स्टिट्यूट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैले कोभिशिल्ड उपलब्ध गराउन नसक्ने बताएकाले उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्रेजेनेका खोप लगाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएक...